Market Closed

मेगा बैंक र नेपाल कम्युनिटीको सेयर रजिष्ट्रार परिवर्तन

09 Apr,2019
  • 3_4_9_2019_4_37_39.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर रजिष्ट्रार परिवर्तन भएका छन् । अब मेगा बैंकको सेयर सम्बन्धी सम्पूर्ण काम मेगा क्यापिटल मार्केट्स, त्रिपुरेश्वर काठमाडौंले गर्ने भएको छ । अब मेगा बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु मेगा क्यापिटलले गर्नेछ  ।
 
यसअघि भने मेगाको सेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्दै आएको थियो । मेगा क्यापिटलले वैशाख २ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । मेगा क्यापिटल मेगा बैंककै सहायक कम्पनी हो ।
 
यसैगरी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर रजिष्ट्रारको काम ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौंले गर्ने भएको छ । अब नेपाल कम्युनिटीको सेयरसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । ग्लोबल आइएमई क्यापिटलले चैत २७ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ ।

Post Your Comment