Market Closed

मेगाको हकप्रद खुल्यो, भदौ २९ सम्म भर्ने म्याद

11 Aug,2016
  • mega_resize_8_14_2016_10_01_36.jpg
नेपाली पैसा 
काठमाडौं : मेगा बैंकले बिहीबारदेखि हकप्रद सेयर निष्कासन खुला गरेको छ । 
 
बैंकले ४ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको हो । एक सय रूपैयाँ अंकित मूल्यका ८१ लाख एक हजार चार सय ३८ कित्ता सेयर निष्कासन खुला गरिएको बैंकले जानकारी दिएको छ । 
 
मेगाको हकप्रद सेयर भदौ २९ गतेसम्म भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको हो । राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रद सेयर जारी गरेको हो ।

हाल तीन अर्ब २४ करोड पाँच लाख ७५ हजार रूपैयाँ चुक्ता पुँजी रहेको मेगा बैंकले आर्थिक वर्ष २०७२–७३ मा ५५ करोड २० लाख ३७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । 
 
 
 

Post Your Comment