Market Closed

मेगा बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, १६ असोज २०७३)

02 Oct,2016
  • mega_10_2_2016_11_38_42.jpg

२०७२/७३ आवको चौथो त्रैमासको  वित्तीय विवरणअनुसार खुद नाफा ५९ दशमलव ४१ प्रतिशत बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट रू. ६ करोड ८३ लाख आम्दानी आर्जन गरेको छ । बैङ्कले भदौ ९ गतेदेखि २९ गतेसम्म ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा ‘डोजी’ आकृति बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कतातिर जाने हो त्यसबारे, स्पष्ट सङ्केत दिन सक्दैन ।

आरएसआई : ओभर सोल्ड जोन (२३ दशमलव ३३ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन : ५ दशमलव ४२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा माथि छ भने २१ दिने औसत मूल्यरेखाभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय ९० मा टेवा पाउने र मूल्य महँगिएमा रू. ५ सय ३२ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ५९ दशमलव ४१ प्रतिशत बढेर रू. ५५ करोड २० लाख पुगेको छ । खुद ब्याज आम्दानी २६ दशमलव ४१ र सञ्चालन नाफा ३७ दशमलव ६१ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १२ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ ।

- अघिल्लो आवको तुलनामा जगेडा कोष साढे ३ गुणा बढेर रू. ९६ करोड ७४ लाख पुगेको छ ।

- ब्याज आम्दानी १८ दशमलव ६४ प्रतिशत बढेर रू. २ अर्ब १४ करोड र ब्याज खर्च ११ प्रतिशत बढेर रू. १ अर्ब १ करोड पुगेको छ ।

- कर्मचारी खर्च ३२ दशमलव २६ प्रतिशत, अन्य सञ्चालन खर्च ७ दशमलव ४३ प्रतिशत र कुल सञ्चालन नाफा १९ दशमलव ३९ प्रतिशत बढेको छ ।

- अघिल्लो आवमा रहेको रू. १३ करोड ६५ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव ७९ प्रतिशत र सीडी रेशियो ७९ दशमलव ४८ प्रतिशत रहेको छ ।

- स्थिर सम्पत्ति ५० दशमलव ८८ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति १० दशमलव ८५ प्रतिशत घटेको छ ।

- पूँजीकोष लागत ४ प्रतिशत र पूँजी कोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २५ गुणा, प्रतिशेयर आम्दानी रू. १७ र मूल्य आम्दानी अनुपात ३३ गुणा छ । सो आम्दानी र शेयरको पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो साढे २९ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब ४ गुणा छ ।

Post Your Comment