Market Closed

मेगाकी सीइओ अनुपमा खुञ्जेली भन्छिन्–सेयरधनीको मन जित्ने गरी काम गर्छु

19 Apr,2018
  • CEO-Anupama-Khunjeli1_4_19_2018_10_47_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले सेयरधनीहरुको मन जित्ने गरी काम गर्ने बताएकी छन् । वाणिज्य बैंकहरुमा प्रथम महिला सीइओ नियुक्त गरिएकोमा सञ्चालक समितिलाई धन्यवाद दिंदै उनले बैंकलाई अघि बढाउन लोकप्रिय एवं नविनतम प्रविधि भित्र्याउने योजना रहेको पनि बताएकी छन् । 
 
मेगा बैंकमा आयोजित एक कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले नवनियुक्त सीइओ खुञ्जेलीले बैंकलाई थप नयाँ उचाईमा पुर्याउनेमा सञ्चालक समिति विश्वस्त रहेको बताए । खुञ्जेली यसअघि मेगाकै कायममुकाय सीइओ थिइन ।

८ वर्ष अघि मेगा बैंकमा नायव महाप्रबन्धकबाट प्रवेश गरेकी उनले सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक (हालको स्टान्डर्ड चार्टर्ड) बाट करियर सुरु गरेकी थिइन् । यस आधारमा उनीसँग २७ वर्षको बैंकिङ अनुभव छ । 
 

Post Your Comment