बल्ल खुल्यो मेगाको सेयर कारोबार, ६५% हकप्रदमा पनि भयो मूल्य समायोजन

28 May,2018
  • Mega-bank-nepal-Ltd_5_28_2018_11_19_19.jpg
नेपाली पैसा

काठमाडौं : मेगा बैंकको सेयर कारोबार सोमबारदेखि खुला भएको छ । मेगा र टुरिजम डेभलपमेन्ट बैंक गाभिएर एकीकृत कारोबार सुरु भएपछि नेप्सेमा मेगाको सेयर कारोबार पनि खुला भएको हो । यी दुई बैंक मर्ज भएर मेगा बैंकको नामबाट वैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । मर्जर प्रक्रियामा जाने भएपछि यी दुवै बैंकको सेयर कारोबार २०७३ माघ महिनादेखि बन्द रहेको थियो ।
 
यता, मेगाको सेयर कारोबार ६५% हकप्रद सेयरमा मूल्य समायोजनसहित खुलेको हो । बैंकले गत भदौ ३० देखि असोज ३० गतेसम्म ६५% हकप्रद निष्कासन गरेको थियो । हकप्रद समायोजनपछि यस बैंकको सेयर भाउ प्रतिकित्ता ३११.५२ रुपैयाँ कायम भएको छ । सोमबार मेगाको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको हो । यसको औसत अधार मूल्य भने ३५३.७६ रुपैयाँ छ ।

Post Your Comment