Market Closed

मेगा बैंक लहान नगरपालिका र भिमसेन थापा गाउँपालिकामा पनि पुग्यो

30 May,2018
  • Mega-bank-nepal-Ltd_5_30_2018_3_58_01.jpg
नेपाली पैसा 
 
काठमाडौँ : मेगा बैंकले थप २ शाखा विस्तार गरेको छ । बैंकले सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा नयाँ शाखा खोलेको हो ।   मेगाले २ साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 
 
बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले बैंकले ग्रामीण भेगमा शाखा विस्तार अभियान थालेको हो ।  
 
यो सँगै देशभर मेगा बैंकको शाखा संख्या ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् । 
 

Post Your Comment