Market Closed

मेगा बैंकको ६.८५% नगद लाभांश खातामा आउँदै, डिम्याटसँग अपडेट छ त ?

01 Feb,2019
  • Mega-bank-nepal-_8_14_2018_8_52_53.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकले सेयरधनीको खातामा नगद लाभांश जम्मा गर्न तयारी गरेको छ । बैंकले सुरुमा पुस १५ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएकाहरुलाई मात्र नगद लाभांश खातामै पठाइने जानकारी दिएको छ । बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ६.८५% नगद खातामा जम्मा गर्न लागेको हो ।  
 
अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले आग्रह गरेको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् ।

त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ । मेगाको पुस २९ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १% बोनस सेयर र ६.८५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
 
 
 
 
 

Post Your Comment