Market Closed

मेगाको खुद नाफा ८५.९६% बढ्यो, लगानीमा आक्रामक बन्दा पनि रिजर्भ कोष कमजोर

07 Feb,2019
  • Mega-bank-nepal-_8_14_2018_8_52_53.jpg
नेपाली पैसा

काठमाडौं : मेगा बैंक नेपालले ८५.९६% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड २० लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३९ करोड ३६ लाख ४९ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्ममा यसको वितरण योग्य नाफा ५४ करोड ७० लाख २९ हजार रुपैयाँ रहेको छ ।
 
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक सुधार भएपछि मेगाको खुद नाफा पनि बढेको देखिन्छ । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ११०.३३% ले बढेर १ अर्ब ७८ करोड १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यस्तै, यो त्रैमाससम्म सञ्चालन नाफामा १ अर्ब ३ करोड ४१ लाख २६ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा सञ्चालन नाफा ८६.६९% ले धेरै हो ।
 
मेगाको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । पुँजी ४०.८३% ले बढेको हो । तर पुँजीको तुलनामा रिजर्भ कोष भने न्यून देखिन्छ । रिजर्भ कोषमा बैंकले २ अर्ब ३१ करोड २७ लाख ६ हजार रुपैयाँ मात्र जम्मा गरेको छ ।
 
यता, पुँजी वृद्धिको तुलनामा नाफा झन धेरै वृद्धि हुँदा प्रतिसेयर आम्दानी बढेको छ । गत वर्ष १० रुपैयाँ ६४ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १४ रुपैयाँ १३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ २६ पैसा छ । 
 
मेगाले आक्रामक रुपमा लगानी विस्तार गरेको छ । पुस मसान्तसम्म ७० अर्ब ८५ करोड ९४ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८४ करोड ९३ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिसम्म निक्षेप ४५ अर्ब ५७ करोड ३७ लाख र कर्जा लगानी ४० अर्ब ७६ करोड ७५ लाख रुपैयाँ मात्र थियो । यसको खराब कर्जा १.२१% र बेस रेट १०.८३% रहेको छ ।

मेगाको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment