Market Closed

मेगा बैंकको लाभांश पारित गर्न कात्तिक २९ मा, एजीएम, बुक क्लोज कहिले ?

18 Oct,2019
  • Mega-bank-nepal_8_14_2019_8_19_13.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकको नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ । सभामा बैंकले ११.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको कमाईबाट १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ नगद वितरण गर्न लागेको हो ।
 
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा छ । 
 
बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि मेगाले कात्तिक १५ बुक क्लोज गर्नेछ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् । 
 
यता, केहीदिन अघिमात्रै मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ । गण्डकी गाभेपछि पुँजी अझै बढ्नेछ ।

मेगाको साधारण सभा सम्बन्धी विस्तृत जानकारी यहाँबाट हेर्नुहोस् ।

Post Your Comment