Market Closed

मेगा बैंकको नाफा ८.११% ले बढ्दा वितरण योग्य नाफा कति ?

16 Nov,2019
  • Mega-bank-nepal_8_14_2019_8_19_13.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मेगा बैंकले ४३ करोड ७४ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ८.११% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप संकलन २०.८३% र कर्जा लगानी १४.२४% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १३.५९% र ९.०९% ले बढेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा र प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा छ ।

गत वर्षको नाफाबाट मेगा बैंकले लगानीकर्तालाई ११.७५% नगद लाभांश दिएको छ । उक्त लाभांश बैंकको साधारण सभाले पारित गरी सकेको छ ।

 

Post Your Comment