Market Closed

मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार कित्ता सेयर लिलामी खुल्यो, कतिसम्म तिर्ने ?

21 May,2019
  • auction_img_5_21_2019_10_09_00.png
नेपाली पैसा 
 
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्तको मंगलबार (जेठ ७ गते) देखि २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । लिलामी भर्दा बजार भाउलाई पनि ध्यान दिनुपर्छ । सोमबार मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ६०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यसैलाई ध्यान दिएर लिलामी भर्नुपर्छ । 
 
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । मेरो माइक्रोफाइनान्सले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १००% हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो । 
 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ,  नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

मेरोको लिलामी सेयर सम्बन्धी सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment