मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार कित्ता सेयर लिलामीमा, मंगलबारसम्म समय

26 May,2019
  • auction_new_5_26_2019_11_50_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्तको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी भर्न अब आइतबार सहित जम्मा ३ दिन मात्र समय बाँकी छ । यो लिलामीमा जेठ १४ गते मंगलबार अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले जेठ ७ गतेदेखि लिलामीमार्फत सेयर बिक्री खुला गरेको हो । 
 
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । लिलामी भर्दा बजार भाउलाई पनि ध्यान दिनुपर्छ । पछिल्लो समय यसको प्रतिकित्ता ६ सय रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ । लगानीकर्ताले यसैलाई ध्यान दिएर लिलामी भर्नुपर्छ । 
 
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । मेरो माइक्रोफाइनान्सले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १००५ हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो । 
 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ,  नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

मेरोको लिलामी सेयर सम्बन्धी सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment