Market Closed

मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार कित्ता सेयर लिलामी बोलपत्र आज खोलिंदै

03 Jun,2019
  • grand-opening-auction_6_3_2019_10_42_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्तको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीको सोमबार (जेठ २० गते) बोलपत्र खोलिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा दिउँसो ३ बजे बोलपत्र खोल्ने कार्यक्रम रहेको छ । मेरो माइक्रोफाइनान्सले जेठ ७ गतेदेखि १४ गतेसम्म लिलामी सेयर बिक्री खुला गरेको थियो । 
 
यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियढो । मेरो माइक्रोफाइनान्सले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १००५ हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । 
 
 

Post Your Comment