Market Closed

मेरो माइक्रोफाइनान्सको लिलामी सेयरमा कति कायम भयो कट अफ प्राइस ?

04 Jun,2019
  • auction_img_5_21_2019_10_09_00.png
नेपाली पैसा
 
काठमाडौं : मरो माइक्रोफाइनान्स लघुवित्तको सर्वसाधारण समूहको सेयर लिलामीको कट अफ प्राइस ५१० रुपैयाँ कायम भएको छ । यो लिलामीमा प्रतिकित्ता न्यूनतम ५१० रुपैयाँसम्म भाउ तोकेर बोलपत्र पेश गर्नेले सेयर पाउने भएका छन् । 
 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लिलामीमा कुल ९९८ जनाको बोलपत्र परेको थियो । नेप्सेमा मंगलबार मेरोको अन्तिम कारोबार ३२ रुपैयाँले घटेर प्रतिकित्ता ५६३ रुपैयाँमा भएको छ ।
 
मरो माइक्रोफाइनान्सले जेठ ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुला गरेको थियो । यसअघि मेरोलले फागुन १९ देखि चैत्र २४ गतेसम्म १००% हकप्रद सेयर बिक्री गरेको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो ।

Post Your Comment