Market Closed

मेरो माइक्रोफाइनान्सको सीइओमा पुनः दाहाल नियुक्त

09 Aug,2019
  • ram_hari_mero_8_9_2019_4_00_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुनः नियुक्त भएका छन् । मेरो माइक्रोफाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि दाहालको पदावधि थप गरेको हो । यसअघि पनि दाहाल नै सीइओ थिए ।

साथै, सोही बैठकले निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त समेत गरेको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स राष्ट्रिय स्तरको कम्पनी हो । । हाल यसले ५० जिल्लामा  ९५ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
 

Post Your Comment