Market Closed

मञ्जुश्री फाइनान्सको ५% हकप्रद सेयर पनि पुग्यो डिम्याट खातामा

05 Jul,2018
  • Manjushree-finince-Ltd_7_5_2018_3_41_08.jpg
नेपाली पैसा
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले ५% हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुको हकप्रद खातामा जम्मा गरिदिएको हो । कम्पनीले चैत ८ गतेदेखि वैशाख १२ गतेसम्म ३ लाख ६२ हजार १९० कित्ता (५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 
यस्तै, कम्पनीले फागुन ८ पछि सेयर डिम्याट गरेकाहरुको हकप्रद पनि खातामा जम्मा गर्ने तयारी भइरहेको जानकारी दिएको छ । यता, मञ्जुश्रीले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । सेयर डिम्याट गरेपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा हकप्रद सेयर जम्मा हुनेछ ।
 
सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालयमा गएर सेयर डिम्याट गर्नुपर्नेछ । यता, फागुन ८ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीहरुको हकप्रद भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृत पत्र पाएपछि मात्र डिम्याट खातामा जम्मा गर्ने पनि कम्पनीले जनाएको छ । 

Post Your Comment