Market Closed

मञ्जुश्रीको खुद नाफा ५०.८९% वृद्धि, ८० करोड ४० लाख पुँजी हुँदा रिजर्भमा कति छ पैसा ?

03 Aug,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड ७० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको भन्दा नाफा ५०.८९% ले धेरै हो । गत वर्ष मञ्जुश्रीले ६ करोड ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि ३२.३२% ले बढेर २० करोड ६० लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस फाइनान्सले १५ करोड ५७ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
 सञ्चालन नाफा पनि ९ करोड ९१ लाखबाट बढाएर १२ करोड ६३ लाख ४१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको यस फाइनान्सको रिजर्भ कोषमा १३ करोड ६० लाख  २४ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा यस फाइनान्सले रिजर्भ कोषमा सुधार गर्नुपर्ने चुनौती देखिन्छ । गत वर्ष यस फाइनान्सको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ थियो । 
 
निक्षेप ३ अर्ब ५८ करोडबाट बढोत्तरी गरेर ६ अर्ब ७ करोड ४० लाख ३९ हजार रुपैयाँ पुर्याएको यो फाइनान्सले ५ अर्ब १८ करोड ८९ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । मञ्जुश्रीको खराब कर्जा भने केही बढेको छ ।

अघिल्लो वर्ष १.९८% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा २.११% पुगेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०६ पैसा रहेको मञ्जुश्रीको प्रतिसेयर नेटवर्थ भने ११६ रुपैयाँ ९२ पैसा छ । 
 
 
 
 
 

Post Your Comment