Market Closed

मञ्जुश्री फाइनान्सले पनि दिने भयो ९% नगद लाभांश, गत वर्ष भन्दा बढ्यो

21 Sep,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले ९% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश वितरणमा ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ खर्च हुनेछ ।

यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताको खातामा पठाउने प्रक्रिया अघि बढ्नेछ । मञ्जुश्रीको लाभांश गत वर्षभन्दा बढेको हो । गत वर्ष मञ्जुश्रीले ६.०३% लाभांश दिएको थियो । जसमा ५.७१% बोनस र ०.३२% कर तिर्न नगद रहेको थियो । 
 
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड ७० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९२ पैसा रहेको छ । 

मञ्जुश्री फाइनान्सले विगत वर्षहरुमा यसरी दिएको थियो लाभांश 


Post Your Comment