Market Closed

मञ्जुश्रीको खुद नाफामा ६१.४२% सुधार, रिजर्भ कोषमा ३५.०६% गिरावट

05 Nov,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६१.४२% ले वृद्धि गरेर १ करोड ६ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । फाइनान्सले गत वर्षको यही अवधिमा भने ६६ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ६०.७९% ले वृद्धि गरी ४ करोड ७१ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, सञ्चालन नाफामा पनि ६१.४४% वृद्धि भएको छ । सञ्चालन नाफा १ करोड ३ लाखबाट बढेर १ करोड ६७ लाख ७५ हजार रुपैयाँ पुगेको हो । मञ्जुश्रीले पहिलो त्रैमाससम्म ६ अर्ब ३४ करोड ६९ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४६ करोड १४ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो फाइनान्सको खराब कर्जा २.३१% र कस्ट अफ फन्ड १०.४२% रहेको छ ।
 
मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । रिजर्भ कोषको रकम भने ३५.०६% ले घटेर ६ करोड ७७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष रिजर्भमा १० करोड ४३ लाख ३० हजार रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।

Post Your Comment