Market Closed

मञ्जुश्रीले ९% नगद लाभांश पारित गर्न पुस १६ मा बोलायो एजीएम, बुक क्लोज कहिले ?

10 Dec,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : मञ्जुश्री फाइनान्सको एघारौं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । सभामा मञ्जुश्रीले ९% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नगद लाभांश वितरणमा कम्पनीले ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ खर्च गर्न लागेको हो । 
 
साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्र्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ । 
 
अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । पुस २ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।

हाल मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ । 
 

Post Your Comment