Market Closed

मञ्जुश्री फाइनान्सको लापरवाही, ९% नगद लाभांश घटाएर २.९% मा झार्यो

11 Dec,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले सूचनामा त्रुटी भएको भन्दै यसअघि घोषणा गरेको नगद लाभांश दर घटाएको छ । कम्पनीले यसअघि गत वर्षको कमाईबाट ९% नगद लाभांश वितरण गर्ने जनाएको थियो । तर, पूर्वघोषित सूचनामा अन्यथा भएको भन्दै अब २.९% मात्र नगद लाभांश वितरण गर्ने जनाएको छ । मञ्जुश्रीले मंगलबार एक सूचना प्रकासित गरी नगद लाभांश घटाएको जानकारी दिएको हो ।  
 
कम्पनीको असोज ५ गतेमै बसेको सञ्चालक समिति बैठकले ९% नगद दिने निर्णय गरेको थियो । सोमबार एजीएम सम्बन्धी जारी गरेको सूचनामा पनि ९% नै नगद दिने उल्लेख गरेको छ । तर, सूचनामा अन्यथा भएको जानकारी भने अहिले मात्र दिएको हो । 

कम्पनीको एघारौं वार्षिक साधारण सभा पुस १६ गते हुँदैछ । अब उक्त सभामा मञ्जुश्रीले २.९% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
 
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ । 
 
अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । पुस २ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।
 
हाल मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।


 

Post Your Comment