Market Closed

मञ्जुश्री फाइनान्सको २.९५% नगद सुरक्षित गर्ने आज अन्तिम मौका, पुस १६ मा एजीएम

17 Dec,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा
 
काठमाडौं : मञ्जुश्री फाइनान्सको २.९५% नगद लाभांश सुरक्षित गर्ने सोमबार (पुस २ गते) अन्तिम दिन हो । पुस १६ गते हुने साधारण सभाका लागि कम्पनीले मंगलबार (पुस ३ गते) बुक क्लोज गर्दैछ । सोमबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने नगद सुरक्षित गर्न सक्नेछन् । साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
 
कम्पनीले यसअघि गत वर्षको कमाईबाट ९% नगद लाभांश वितरण गर्ने जनाएको थियो । तर, पूर्वघोषित सूचनामा अन्यथा भएको भन्दै मञ्जुश्रीले फेरि २.९% मात्र नगद लाभांश वितरण गर्ने बताएको छ । सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ । अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिनेछ ।

हाल मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।
 

Post Your Comment