Market Closed

मञ्जुश्री फाइनान्सको एजीएम आज, २.९५% लाभांश वितरण गर्ने प्रस्ताव

31 Dec,2018
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : मञ्जुश्री फाइनान्सको साधारण सभा सोमबार हुँदैछ ।  सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । मञ्जुश्रीले साधारण सभामा २.९५% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।  पुस २ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । सोमबार साधारण सभा गर्न कम्पनीले गत पुस ३ गते बुक क्लोज गरेको थियो । 
 
कम्पनीले यसअघि गत वर्षको कमाईबाट ९% नगद लाभांश वितरण गर्ने जनाएको थियो । तर, पूर्वघोषित सूचनामा अन्यथा भएको भन्दै मञ्जुश्रीले फेरि २.९% मात्र नगद लाभांश वितरण गर्ने बताएको हो । सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि छलफल हुनेछ ।
 
यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ । अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिनेछ ।
 
हाल मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।
 

Post Your Comment