Market Closed

मञ्जुश्रीको खुद नाफा ७४.०५% ले घट्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसा

31 Jan,2019
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा खुद नाफा ७४.०५% ले घटेको हो । गत वर्ष मञ्जुश्रीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

मञ्जुश्री खुद ब्याज आम्दानी भने ४९.८४% ले बढाएर ११ करोड १७ लाख १६ हजार पुर्याउन सफल भएको छ । गत वर्ष ७ करोड ४५ लाख ५३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको थियो । 
मञ्जुश्रीको सञ्चालन नाफा ३ करोड ८९ लाख रुपैयाँबाट घटेर १ करोड ६८ लाख ८० हजार रुपैयाँमा खुम्चिएको छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । यस्तै, रिजर्भ कोषमा ११ करोड ६८ लाख ६८ हजार रुपैयाँ देखिन्छ । खराब कर्जा बढेर ३.१०% पुगेको छ । गत वर्ष खराब कर्जा २.३८% थियो । प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसा (वार्षिक) रहेको मञ्जुश्रीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५३ पैसा छ ।  

मञ्जुश्रीको वित्तीय विवरण यो लिंकमा गएर हेर्नुहोस् । 
 

Post Your Comment