Market Closed

मञ्जुश्रीको खुद ब्याज आम्दानी ६३.०७% ले वृद्धि हुँदा पनि किन घट्यो खुद नाफा ?

26 Apr,2019
  • Manjushree-finince-Ltd_7__8_3_2018_4_21_54.jpg
नेपाली पैसा
 
काठमाडौं : मञ्जुश्री फाइनान्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २६.२०% ले घटेको छ । गत वर्षको यसै अवधिमा ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ रहेको नाफा घटेर अहिले ४ करोड ३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको हो ।
 
यता, फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी ६३.०७% ले बढेर १८ करोड ९४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि ५.९९% ले बढेर ६ करोड ३४ लाख ८ हजार रुपैयाँ पुगेको हो । मञ्जुश्रीले गत वर्ष २ करोड ६१ लाख १ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको थियो । तर यसपालि गैर सञ्चालन आम्दानी नहुँदा खुद नाफामा गिरावट देखिएको हो ।
 
मञ्जुश्रीले तेस्रो त्रैमाससम्म ६ अर्ब ५४ करोड ७६ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६१ करोड ८२ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो फाइनान्सको खराब कर्जा २.९६% र कस्ट अफ फन्ड ९.८६% रहेको छ ।
 
मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । रिजर्भ कोषको रकम भने ३.८८% ले घटेर १४ करोड ६४ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष रिजर्भमा १५ करोड २३ लाख ९६ हजार रुपैयाँ थियो । यस फाइनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २२ पैसा छ ।

मञ्जुश्रीको तेस्रो त्रैमासिक वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment