Market Closed

यी ४ कम्पनीको हकप्रद भइरहेछ बिक्री, कहिलेसम्म छ भर्ने म्याद ?

08 Mar,2019
  • Right_share_3_8_2019_5_00_47.jpg
दिपक शर्मा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ४ वटा कम्पनीहरुको हकप्रद खुला भइरहेको छ । लगानीका लागि पुँजी जुटाउन ३ वटा माइक्रोफाइनान्स कम्पनी र एउटा इन्सुरेन्स कम्पनीले हकप्रद बिक्री खुला गरेका हन् । मिथिला लघुवित्त तथा उन्नति र मेरो माइक्रोफाइनान्सले हकप्रद जारी गरेका छन् ।
 
मिथिलाले माघ १७ गतेदेखि २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । हाल चुक्ता पुँजी ६ करोड ७७ हजार ७४० रहेको मिथिलाको हकप्रद बिक्रीपछि पुँजी १० करोड ५८ लाख ६१ हजार पुग्नेछ । उन्नति माइक्रोफाइनान्सले पनि फागुन १३ गतेदेखि १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ । उन्नतिले ५ः१ अुपातमा हकप्रद जारी गरेको हो । हकप्रद बिक्रीपछि यसको पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।  


 
मेरो माइक्रोफाइनान्सको १००% हकप्रद सेयर फागुन १९ गतेदेखि खुला भइरहेको छ । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । हाल ३२ करोड ८९ लाख रहेको चुक्ता पुजी १००% हकप्रदपछि ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । 
 
यता, नेपाल इन्सुरेन्स कम्पनीले पनि बिमा समितिले तोकेको न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद खुला गरिरहेको छ । यस इन्सुरेन्सले फागुन २१ गतेबाट १ः०.६५ अनुपातमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर खुला गरेको हो । चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रहेको नेपाल इन्सुरेन्सको हकप्रदपछि १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ पुग्नेछ । 
 
लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद भर्न सक्नेछन् । यसमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

Post Your Comment