Market Closed

मिथिलाको १०.४५% बोनस सेयरमा मूल्य समायोजन, चैत २३ गते एजीएम

25 Mar,2019
  • Price_adjustment_3_25_2019_11_44_29.jpg
नेपाली पैसा
 
काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्थाको १०.४५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि सोमबार यस लघुवित्तको सेयर कारोबार प्रतिकित्ता ५५१ रुपैयाँ २० पैसालाई आधार मानेर खुलेकोे छ । यसको औसत आधार मूल्य भने ७२४ रुपैयाँ ७९ पैसा रहेको छ ।
 
मिथिलाले १०.४५% बोनस सेयर दिन चैत २३ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि सोमबारदेखि चैत्र २३ गतेसम्म बुक क्लोज गरेको छ  । प्रस्तावित बोनस लाग्ने कर तिर्न ०.५४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हुनेछ । आइतबार (चैत १० गते) सम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
 
संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने साधारण सभाको एजेन्डा पनि छ । हाल संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर संरचना छ । अब यसलाई परिवर्तन गरी संस्थापकको ५१% र सर्वसाधारण समूहको ४९% सेयर स्वामित्व कायम गर्ने प्रस्ताव राखिएको छ । संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत कारोबार गर्ने प्रस्ताव पनि रहेको छ ।

Post Your Comment