महालक्ष्मीको ११.९९% ब्याजदरमा घर कर्जा, २० वर्षसम्मको सरल किस्तामा तिर्न मिल्ने

26 Dec,2017
  • Mahalaxmi-bikas-bank-Ltd_12_26_2017_12_46_43.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले ११.९९% वार्षिक ब्याजदरमा घर कर्जा दिने भएको छ । आवासीय उदेश्यका लागि जग्गा र तयारी घर वा अपार्टमेन्ट किन्न सकिने, घर निर्माण, मर्मत सम्भार र पुनर्कर्जामा कर्जा रकम प्रयोग गर्न मिल्ने यो कर्जाको विशेषता हो । कर्जा आवश्यक कागजात पुगेको ३ कार्यदिन भित्र स्वीकृत हुने बैंकले जनाएको छ । २४० महिना (२० वर्ष) सम्मको सरल किस्तामा कर्जा चुक्ता गर्न मिल्ने बैंकले भनेको छ । महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि महालक्ष्मीको चुक्ता पुँजी अघिल्लो त्रैमासमै २ अर्ब माथि पुगेको हो । 

Post Your Comment