Market Closed

महालक्ष्मी विकास बैंकको १५% लाभांश, लगानीकर्ताले पाउने भए ८% बोनस पनि

28 Aug,2018
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले १५% लाभांश दिने भएको छ । महालक्ष्मीले ८% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्न लागेको हो । भदौ ११ गते बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट लगानीकर्तालाई १५% लाभांश दिने निर्णय गरेको हो ।

अब यो निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३० पैसा रहेको छ । 
 

Post Your Comment