Market Closed

महालक्ष्मी विकास बैंकले १५% लाभांश पारित गर्न कहिले गर्दैछ बुक क्लोज र एजीएम ?

24 Sep,2018
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले १५% लाभांश पारित गर्न असोज २६ गते साधारण सभा गर्ने भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि महालक्ष्मीले असोज १४ देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, असोज १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । महालक्ष्मीले गत वर्षको कमाईबाट ८% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्न लागेको हो ।

बोनस वितरणमा महालक्ष्मीले २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ र नगद लाभांशका लागि १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ खर्च गर्नेछ । सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने प्रस्ताव पनि छ । अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि बैंकले साधारण सभामा लैजानेछ ।
 
 हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३० पैसा छ । 
 

Post Your Comment