Market Closed

महालक्ष्मीको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, असोज २६ मा एजीएम

27 Sep,2018
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंकको १५% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले असोज २६ गते वार्षिक साधारण सभा गर्न आइतबार (असोज १४ गते) देखि बुक क्लोज गर्दैछ । सभामा ८% बोनस सेयर र ७% नगद गरी कुल १५% लाभांश दिने प्रस्ताव पेश हुँदैछ । शुक्रबार सेयर कारोबार नहुने भएकाले महालक्ष्मीको लाभांश सुरक्षित गर्न बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्छ । 
 
बोनस वितरणमा महालक्ष्मीले २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ र नगद लाभांशका लागि १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ खर्च गर्नेछ । सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने प्रस्ताव पनि छ । अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि बैंकले साधारण सभामा लैजानेछ ।
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३० पैसा छ ।
 

Post Your Comment