Market Closed

महालक्ष्मीको ८% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

30 Sep,2018
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंकको ८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछि आइतबार यो बैंकको सेयर भाउ प्रतिकित्ता १९१ रुपैयाँ ६७ पैसा कायम भएको छ । आइतबार महालक्ष्मीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १४५ रुपैयाँ ८३ पैसा रहेको छ ।
 
महालक्ष्मीले असोज २६ गते हुने वार्षिक साधारण सभामा ८% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसका लागि आइतबारदेखि बुक क्लोज भएको हो । सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३० पैसा छ ।

Post Your Comment