Market Closed

महालक्ष्मीको १५% लाभांश पारित गर्न शुक्रबार एजीएम, पाएमा अरु संस्था गाभ्ने

09 Oct,2018
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकको सत्रौ वार्षिक साधारण सभा शुक्रबार (असोज २६ गते) हुने भएको छ । सभामा बैंकले गत वर्षको कमाईबाट १५% लाभांश दिने प्रस्ताव लैजाँदैछ । बैंकले ८% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणमा महालक्ष्मीले २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ र नगद लाभांशतर्फ १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ खर्च गर्नेछ । 
 
साधारण सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन तथा नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने प्रस्ताव पनि छ । अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि बैंकले साधारण सभामा लगिनेछ ।
 
सभा प्रयोजनका लागि महालक्ष्मीले असोज १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरिरहेको छ । असोज १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट लाभांश वितरण गर्न लागेको हो ।
 
बोनस वितरणपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३० पैसा छ ।
 
 
 
 

Post Your Comment