Market Closed

महालक्ष्मीले ८७.४६% ले खुद नाफा बढायो, प्रतिसेयर आम्दानी कति ?

15 Nov,2018
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ८७.४६% ले बढी नाफा आर्जन गरेको हो । गत आवको पहिलो त्रैमासमा ५ करोड ६३ लाख ४३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
महालक्ष्मीको खुद ब्याज आम्दानी पनि ४२.८१% ले बढेर २४ करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आवमा खुद ब्याज आम्दानी १७ करोड २७ लाख ४७ हजार रुपैयाँ थियो । यस्तै, गत आवको पहिलो त्रैमासमा सञ्चालन नोक्सानमा रहेको महालक्ष्मीले यसपालि १ करोड ८५ लाख २ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकले गरेको १४ करोड ६ लाख ६८ हजार रुपैयाँ राइट ब्याकले पनि नाफा वृद्धि गर्न सहयोग पुगेको हो । बैंकले २६ अर्ब ६८ करोड ६२ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड ५६ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसले खराब कर्जा पनि घटाएको छ । गत आवको पहिलो त्रैमासमा ३.५५% रहेको खराब कर्जा अहिले ३.३९% मा आएको छ । महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख १ रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५१ करोड ४ लाख २० हजार रुपैयाँ जम्मा भएको छ ।

१४ रुपैयाँ ८४ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रहेको महालक्ष्मीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९६ पैसा छ ।                                                                    

Post Your Comment