Market Closed

महालक्ष्मी विकास बैंकको नाफा १५.१३% बढ्यो, इपीएस १८.१८ रुपैयाँ

13 May,2019
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड ७९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्ष यही त्रैमासको तुलनामा १५.१३% धेरै हो । गत वर्ष बैंकले ३३ करोड ६९ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
महालक्ष्मीले खुद ब्याज आम्दानीमा पनि गत वर्षको तुलनामा ३९.४७% ले वृद्धि गरेको छ । गत वर्ष ७१ करोड ८९ लाख १३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर १ अर्ब २६ लाख ७३ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १९०.४५% ले बढेर ४९ करोड ६७ लाख १५ हजार पुगेको छ । गत वर्ष १७ करोड १० लाख १५ हजार सञ्चालन नाफा रहेको थियो ।
 
निक्षेपमा ३० अर्ब ४९ करोड ९ लाख ५४ हजार रुपैयाँ संकलन गरेको महालक्ष्मीले २६ अर्ब ३५ करोड ९५ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो निक्षेप संकलन र कर्जा लगानी गत वर्ष भन्दा क्रमशः २१.४२% र २१.७६% ले वृद्धि गरेको हो । बैंकको खराब कर्जा ३.८५% रहेको छ । 
 
यसैगरी, कर्जा निक्षेप अनुपात ७५.९५% र कस्ट अफ फन्ड ८.५८% छ । चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख १ हजार रुपैयाँ रहेको महालक्ष्मीको जगेडा कोषमा भने १ अर्ब २८ करोड ६४ लाख ७० हजार रुपैयाँ मात्र छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ ।

महालक्ष्मी विकास बैंकको रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment