Market Closed

आइपीओ ल्याउन लागेको महालक्ष्मी लाइफको फागुन ३ मा एजीएम, यस्ता छन् एजेन्डा

24 Jan,2021
  • AGM_6_19__2_28_2020_11_27_08_1_15_2021_9_47_23_1_24_2021_12_41_18.jpg
नेपाली पैसा

काठमाडौं : महालक्ष्मी लाइफ इन्सुरेन्सले फागुन ३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल –र्याडिसन लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । जिवन बिमा कम्पनीहरुमध्ये  सबैभन्दा कान्छो रहेको महालक्ष्मीले  सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । 
 
यस्तै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ५ जना सञ्चालकको लागि निर्वाचन गर्ने एजेन्डा पेश हुनेछ । 
 
कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment