Market Closed

मिर्मिरे र स्वेडा लघुवित्तको असार २१ बाट एकीकृत कारोबार

02 Jul,2020
  • acquire_7_2_2020_3_22_20.png
नेपाली पैसा
 
काठमाडौं : मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई एक्वायर गरेर असार २१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ । हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ । दुवै कम्पनीको वैशाख १७  गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 
 

Post Your Comment