Market Closed

मिर्मिरे पनि चम्कियो : यस्तो देखियो नाफा, प्रतिसेयर आम्दानी र रिजर्भ

24 Jan,2021
  • profit_1_27_2020_10_27_23_1_24_2021_9_02_10.png
नेपाली पैसा

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ८८.७७% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७३.१८% र १२०.८६% बढ्दा नाफा बढेको देखिन्छ । 
 
अघिल्लो वर्ष १० करोड ३५ लाख रुपैयाँ खु ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १७ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । मिर्मिरेले सञ्चालन नाफा ५ करोड ४० लाख रुपैयाँबाट बढाएर ११ करोड ९२ लाख पुर्याएको छ । पुससम्म १ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९१ करोड ३२ लाख रुपैयाँ मात्र निक्षेप संकलन गर्दा २ अर्ब ५२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

गत वर्षको तुलनामा चुक्त पुँजी २०९.५३% ले बढेर ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ पुगेको छ । तर रिपोर्टमा चालु आवको पहिलो त्रैमासको तुलनामा भने दोस्रो त्रैमासमा पुँजी कम भएको देखिन्छ । पहिलो त्रैमासको  रिपोर्टमा निष्कासन हुन बाँकी रहेको ३७ लाख २६ हजार रुपैयाँ एफपीओ रकम पनि पुँजीमा समावेश हुन गएकाले अहिले त्यो घटाइएको कम्पनीले स्पष्ट पारेको छ । हाल मिर्मिरेको रिजर्भ कोषमा २० करोड ५४ लाख रुपैयाँ छ ।
 
यसको खराब कर्जा १.४८% बाट बढेर २.८०% भएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५५ पैसा छ ।

Post Your Comment