Market Closed

माउन्टेन हाइड्रोको सेयर कारोबार खुला, कति पायो ओपन रेन्ज ?

15 Apr,2019
  • 1_4_15_2019_10_54_08.jpg
नेपाली पैसा
 
काठमाडौं : माउन्टेन हाइड्रो नेपालको सेयर कारोबार सोमबारदेखि खुला भएको छ । नेप्सेले माउन्टेनको सुरुवाति सेयर कारोबारका लागि ९३.७५ रुपैयाँदेखि २८१.२५ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो हाइड्रोपावरको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । सेयर कारोबारका लागि यसले ‘एमएनएचएल’ संकेत पाएको छ ।
 
माउन्टेन हाइड्रो बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले फागुन २३ देखि २८ गतेसम्म बिक्री गरेको आइपीओसहित कुल १ करोड २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । उक्त आइपीओ चैत ४ गते बाँडफाँट भएको हो ।
 
आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 
यसको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ छ । यसैगरी, प्रतिमेगावट लागत १९ करोड ८२ लाख २७ हजार १६८ रुपैयाँ छ । यसमा लगानी फिर्ता हुन ८.२७ वर्ष लाग्नेछ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भने १०.७२ वर्ष छ ।

Post Your Comment