Market Closed

मल्टीपर्पोज फाइनान्सको कस्तो छ वित्तीय अवस्था ?

22 Nov,2020
  • maltipurpose_date_exchange_8_11_2019_8_34_54.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमससम्म आइपुग्दा मल्टीपर्पोज फाइनान्सको नाफा घटेको छ । यसअवधिमा फाइनान्सको नाफा ५१.१८% ले घटेर १० लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २१ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । 

गत वर्ष १८ लाख २७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष १७ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि १४ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष फाइनान्सले २२ लाख ९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । खराब कर्जा ०.९३% ले बढेर ३.७८% पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा २.८५% थियो । प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ७९ पैसा छ ।
 

Post Your Comment