Market Closed

मल्टिपर्पस फाइनान्सको लिलामी सेयर भर्न शुक्रबारसम्म मात्र समय

14 Jan,2021
  • Auction_10_10_2_1_14_2021_11_55_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : मल्टिपर्पस फाइनान्स कम्पनीको सेयरमा लिलामी आवेदन दिने शुक्रबार माघ २ गते अन्तिम दिन हो । यसले पुस १७ गतेबाट संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।
 
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने व्यवस्था मिलाइएको छ । यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिनेछ ।
 

Post Your Comment