Market Closed

महुलीको ५० हकप्रद खुल्यो, आस्वाबाट सजिलै भर्न सकिन्छ सेयर

27 Nov,2018
  • mahuli_8_21__1__5_8_2018_4_58_46.jpg
नेपाली पैसा
 
काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज (मंसिर ११ गते) देखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । महुलीले २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । 
 
हकप्रद भर्ने अन्तिम म्याद पुस १६ गते तोकिएको छ । सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । महुलीको हकप्रदमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । सनराइज क्यापिटल कमलपोखरी तथा महुलीका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।

यस्तै, महुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिन सकिने छ । हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ १ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ९२ पैसा छ ।
 

Post Your Comment