Market Closed

महुली सामुदायिकको ५०% हकप्रद भर्ने आज अन्तिम दिन, २०% बोनस दिँदै

31 Dec,2018
  • mahuli_8_21__1__5_8_2018_4_58_46.jpg
नेपाली पैसा
 
काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । महुलीले मंसिर ११ गतेदेखि २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
 
महुलीको हकप्रदमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा महुलीका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।
 
कम्पनीले हाल कायम ६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ५०% हकप्रद बिक्रीमा ल्याएको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । यस्तै, कम्पनीले २०% बोनस सेयर दिन पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त बोनस वितरणपछि पुँजी १० करोड २० लाख रुपैयाँ पुग्नेछ । 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ १ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ९२ पैसा छ ।

Post Your Comment