Market Closed

महुलीको लिलामी सेयर भर्न अब कति दिन बाँकी, कहाँ–कहाँबाट मिल्छ आवेदन बुझाउन ?

19 Feb,2019
  • auction_img_2_19_2019_1_43_33.png
नेपाली पैसा 
 
काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्न अब ५ दिन समय बाँकी रहेको छ । यो लिलामी सेयरमा फागुन १३ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइनेछ । महुलीले फागुन २ गतेदेखि लिलामी सेयर खुला गरेको हो । 
 
महुलीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो। कम्पनीले यसअघि गत मंसिर ११ देखि पुस १६ गतेसम्म ५०% (३ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्नेछ । महुलीको सोमबार दोस्रो बजारमा प्रतिकित्ता १३२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लिलामी भर्दा बजार भाउलाई पनि ध्यान दिनुपर्ने हुन्छ । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं सहित महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजार तथा सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । 

महुली सामुदायिक लघुवित्तको सेयर लिलामी सम्बन्धी थप जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment