Market Closed

किसानको २५% र महिला सहयात्राको ५% बोनस सुरक्षित गर्ने पनि आइतबार नै अन्तिम मौका

24 Dec,2017
  • Dividend_12_24_2017_1_03_19.jpg
नेपाली पैसा
 
काठमाडौं : किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको २५% बोनस सुरक्षित गर्ने आइतबार ( पुस ९ गते) अन्तिम दिन हो । पुस २४ मा सभा गर्न किसानले मंगलबार (पुस ११ गते) देखि बुक क्लोज गर्दैछ । सोमबार (पुस १० गते) क्रिस्मसको अवसरमा सार्वजनिक विदा परेकाले आज (पुस ९ गते) नै सेयर किनिसक्नुपर्छ । हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ रहेको छ । २५% बोनस दिइसकेपछि कम्पनीको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँ पुग्नेछ । यो पुँजीबाट फेरि ५०% हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । कम्पनीले २ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गर्न लागेको हो । यसैगरी, साधारण सभाले ‘क’ समूहका सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । सभा होटल मुनबुन भिल्ला, लम्की कैलालीमा बिहान ११ बजे बस्नेछ । पहिलो त्रैमासमा यस कम्पनीले १२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७६ पैसा  (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८८ रुपैयाँ ७२ पैसा छ ।
 
यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको ५% बोनस सेयर सुरक्षित गर्ने पनि आइतबार ( पुस ९ गते) नै अन्तिम दिन हो ।  पुस २८ मा सभा गर्न महिलाले सोमबार (पुस १० गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा, कम्पनीको बोनस सुरक्षित गर्न आज (पुस ९ गते) नै सेयरधनी बनिसक्नुपर्नेछ । यस्तै, सभामा कम्पनीले उपयुत्त वित्तीय संस्थाहरु गाभ्न तथा गाभिनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान हिसाब तथा २०७४ असार मसान्तसम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

Post Your Comment