महिला सहयात्रा माइक्रोफाइनान्सको साधारण सभा पुस २ मा, ५% नगद लाभांश

15 Dec,2017
  • annual_general_meeting-1_12_15_2017_6_56_52.png
नेपाली पैसा 
 
काठमाडौं : महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौ बार्षिक साधारण सभा पुस २८ गते हुँदैछ । सभामा महिलाले ५% नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्दैछ । त्यसका लागि कम्पनीले ६० लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ । यस्तै, सभामा कम्पनीले उपयुत्त वित्तीय संस्थाहरु गाभ्न तथा गाभिनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान हिसाब तथा २०७४ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ । कम्पनीले सभा प्रयोजनका लागि पुस १० गते बुक क्लोज गर्दैछ । पुस ९ गतेसम्म मात्र कायम सेयरधनी लाभांशको हकदार हुनेछन् । 
 
 
 
 

Post Your Comment