Market Closed

बैंकहरुले सार्वजनिक गर्न थाले घटेको ब्याजदर, मुद्दतिमा अब ९.२५% मात्र

21 Dec,2018
  • 2_12_21_2018_11_18_00.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकर्स संघको सहमतिपछि बैंकहरुले घटेको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार बैंकर्स संघको बैठकले शुक्रबारदेखि लागू हुने गरी व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र बचतमा ६.५०% ब्याज दिने सहमित गरेको छ ।
  
सहमतिपछि शुक्रबार १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाएको सूचना जारी गरेका छन् । हिमालयन, प्रभु, एनसीसी, कुमारी, नेपाल बंगलादेश, सेन्चुरी, एभरेष्ट, सनराइज, नेपाल एसबीआई, लक्ष्मी, जनता, नेपाल इन्भेष्टमेन्ट, नबिल र सिद्धार्थ बैंकले बिहीबार भएको सहमति अनुसार नै ब्याज दिने जनाएका छन् ।
 
अब व्यक्तिगत निक्षेपकर्ताले मुद्दति निक्षेपमा ९.२५% र बचतमा ६.५०% सम्म ब्याज पाउने छन् । बैंकहरुले यसअघि बचतमा ७% र व्यक्तिगत मुद्दति १०.५० र संस्थागत १०% ब्याज दिएका थिए । तर केही समय अघि बैंकर्स संघले यो सहमतिलाई तोडेपछि बैंकहरुबीच ब्याजदर बढाउने होडबाजी नै चल्यो । ब्याजदर बढाएर १३% सम्म पुर्याएपछि नियन्त्रणमा राख्न फेरि सहमति भएको हो ।

Post Your Comment