Market Closed

नबिल बैंकको खुद नाफा दुई अर्ब ८२ करोड, हिमालयनले पनि कमायो एक अर्ब ९१ करोड

12 Aug,2016
  • nabil_bank_1_8_12_2016_3_13_40.jpg
नेपाली पैसा 
काठमाडौं : नबिल बैंकले आर्थिक वर्ष २०७२–७३ मा दुई अर्ब ८२ करोड १५ लाख ६४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
अघिल्लो आवमा बैंकको नाफा जम्मा दुई अर्ब नौ करोड ३८ लाख १४ हजार रूपैयाँमात्र थियो ।  बैंकको ब्याज आम्दानी आकर्षक देखिएको छ । यस अवधिमा बैंकले चार अर्ब ३२ करोड ५९ लाख ७१ हजार रूपैयाँ ब्याज आम्दानी गरेको हो । 
 
चार अर्ब ७५ करोड ६५ लाख ७० हजार रूपैयाँ चुक्ता पुँजी रहेको नबिलको जगेडा कोषमा सात अर्ब ५५ करोड २२ लाख पाँच हजार रूपैयाँ छ । नबिलको प्रतिसेयर आम्दानी ५९.३२ रूपैयाँ छ । 

नबिल बैंकको चौथौ त्रैमासिक प्रतिवेदन
 
 
यसैगरी, हिमालयन बैंकले पनि एक अर्ब ९१ करोड ५६ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 


अघिल्लो आर्थिक वर्ष बैंकको नाफा एक अर्ब ११ करोड २२ लाख ८७ हजार रूपैयाँमात्र थियो । 
चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लख ४५ हजार रूपैयाँ रहेको हिमालयनको जगेडा कोषमा चार अर्ब ३७ करोड ५३ लाख ८४ हजार रूपैयाँ थियो । 
 
हिमालयनको प्रतिसेयर आम्दानी ४२.५८ रूपैयाँ र प्रतिसेयरनेटवर्थ १९७.२५ रूपैयाँ रहेको छ । 

हिमालयन बैंकको चौथौ त्रैमासिक प्रतिवेदन

Post Your Comment