Market Closed

रोकिएन ब्याजदर बढाउने होडबाजी, नबिल र हिमालयनले पनि दिने भए १३%

19 Dec,2018
  • interest_rate_new_12_15_2018_8_36_36.jpg
नेपाली पैसा
 
काठमाडौं : वाणिज्य बैंकहरुबीच मुद्दति निक्षेपमा ब्याजदर वृद्धि गर्ने क्रम बढेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव भएको भन्दै वाणिज्य बैंकहरुले निक्षेप तान्नका लागि ब्याजदर बढाउने प्रतिस्पर्धा नै सुरु गरेका छन् । नेपाल बैंकर्स संघले व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले दिँदै आएको ब्याजदरको सीमालाई स्वतन्त्र छोडेपछि बैंकहरूबीच अहिले ब्याजदर बढाउने होडबाजी निकै चलेको छ । यसै होडाबाजीमा नबिल र हिमालयन बैंक पनि थपिएका छन् । 
 
नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरी मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ १३% ब्याज दिने जनाएको छ । बैंकले १ देखि २ वर्ष अवधिको निक्षेपमा मासिक ब्याज भुक्तानी हुने जनाएको छ । यस्तै, हिमालयन बैंकले पनि १ देखि २ वर्ष अवधिको निक्षेपमा १३% ब्याज दिने सूचना जारी गरेको छ । हिमालयनले पनि मासिक रुपमा ब्याज भुक्तानी गर्ने उल्लेख गरेको छ ।


 
राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंकर्सहरुलाई पटकपटक ब्याजदर बढाउने विषयमा निकै संयमित हुन भन्दै आएको छ । तर बैंकहरुले भने राष्ट्र बैंकलाई बेवास्ता गर्दै मुद्दति निक्षेपमा ब्याजदर बढाउने क्रमलाई रोकेका छैनन् । बैंकहरुले दिनैपिच्छे ब्याजदर बढाएको सूचना जारी गरिरहँदा देशको अर्थतन्त्रमा जोखिम सिर्जना हुने र सरकारले परिकल्पना गरेको ८ अंकको आर्थिक वृद्धि हुन नसक्ने जानकारहरुको भनाई छ । 

Post Your Comment