Market Closed

नेप्सेमा ३ करोड ३७ लाख ३३ हजार कित्ता बोनस र हकप्रद सूचीकरण

09 Jan,2018
  • New-Listing_1_9_2018_12_26_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा मंगलबार २ वटा वाणिज्य बैंक, २ वटा डेभलपमेन्ट बैंक र १ हाइड्रोपावर कम्पनीको गरी कुल ३ करोड ३७ लाख ३३ हजार ८०९.९ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै नबिल बैंकको १ करोड ८५ लाख ७७ हजार १४० कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २१४.४ कित्ता बोनस र ङादी ग्रुप पावरको ४ लाख ४६ हजार ८६८ कित्ता बोनस सेयर पनि सूचीकरण गरिएको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८१२.५ कित्ता हकप्रद पनि मंगलबार नेप्सेमा सूचीकृत भएको छ । टुरिजम डेभलपमेन्ट बैंकको पनि १७ लाख १० हजार ७७५ कित्ता बोनस सूचीकृत भएको छ ।

Post Your Comment